श्रीमान देख्दा रिस उठ्छ : रानी मुखर्जी



एजेन्सी – बलिउड नायिका रानी मुखर्जीले हरेक दिन आफ्नो श्रीमान देख्दा रिस उठ्ने बताएकी छन् । नेहा धुपियाको च्याट शोमा आएकी रानीलाई नेहाले सोधेकी थिइन् ।

के तपाई आफ्नो श्रीमानलाई गाली गर्नुहुन्छ ? प्रश्नको जवाफ दिँदै रानीले भनिन्, ‘मलाई हरेक दिन आफ्नो श्रीमान देख्दा रिस उठ्छ । म उनलाई गाली गर्छु ‘।’ त्यति भनेपछि उनी हाँसिन् ।रानीका अनुसार उनका श्रीमान स्वीट छन् र निकै केयर गर्छन् । कहिलेकाहीँ प्रेमले आफुले श्रीमान आदित्यलाई गाली गर्ने गरेको दावीसमेत गरेकी छन् ।

उनले थपिन् ‘मैले कसैलाई गाली गर्छु भने उसलाई सर्वाधिक प्रेम गर्छु भनेर पनि बुझ्नु होला,’ रानीले भनिन्, ‘मेरा श्रीमान उत्कृष्ट निर्देशक पनि हुन् ।’चार वर्षपछि पर्दामा देखिन लागेकी रानी आफैले निर्माण गरेको चलचित्र ‘हिचकी’को प्रमोसनमा व्यस्त रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्