सामजिक संजालमा श्वेता “कान्छी” बिरुद्द दलालहरु (प्रमाण सहित)



“कान्छी” का बिरुद्द टिम परिचालित, डराएर स्वेताले छोड्लिन त चलचित्र क्षेत्र

फागुन ४ को रिलिज “कान्छी” चलचित्र राम्रो छ या नराम्रो त्यो एउटा विश्लेषणको पाटो हो, तर कान्छीको ग्रुप च्याटमा आएका केही म्यासेजहरुले भने कान्छीको पछि लागेकाहरुको प्रबृती छताछुल्ल पारिदिएको छ ।

बाहिर नेपाली कलाकर, चलचित्रलाई माया गरौ भन्दै हल्ला गर्ने, भित्र भित्रै (२००) को रिचाज काड देखि हजारौको बार्गेनिङ गरेर खल्ती भर्ने दर्तावाल मिडिया भन्दा आफुलाई ठुला सम्झिने केराको खाबोहरुलाई स्वेता खड्काले झुक्काए पछि केही पेजहरुको वास्तविकता बाहिरिएको हो।

निर्मातालाई दिनमा १० चोटि फोन, म्यासेज गरेर फिल्म प्रोमोसन दिनु पर्‍यो हजुर भनेर हारगुहार गरेपछी “ल गर न त भाईहरु” सुन्ने बित्तिकै बुरुक्क उफ्रेर फुरुक्क हुँदै ट्रेलर पोस्ट बुस्ट गरि हजारौ लाइक देखाउने दलालहरुले “कान्छी”लाई “मेरो पैसा खोइ” भनेर सोध्दा “agreement paper खोइ” भन्ने जवाफ फर्काएपछी नाजवाफ भएका ट्रोलर भनाउदाहरु स्वेताको पत्तासाफ गर्नुपर्छ भन्दै लागिपरेका हुन् ।

हेर्नुहोस दलेहरुको बार्गेनिङ्ग

स्वेताले फिल्मको टिकट कटाएर आँसु बेच्न थालेपछी दलेहरु अत्तालिएको बुझिएको छ। यसबारेमा थप जानकारी लिन गएका गारापारे सम्बादातालाई कान्छिले रोएर मुड चेन्ज गराइदिएकी छिन। (गारापारे अनलाइनबाट साभार गरिएको)

प्रतिक्रिया दिनुहोस्