टिका पुनको “मान्छे हुँ म” सार्वजनिक (भिडियो सहित)



भैरबकालिका म्युजिक प्रा.लीको प्रस्तुतिमा भरत कुमालको लोकदोहोरी “मान्छे हुँ म ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेम र विछोडका बास्तविक भोगाइहरुलाई गीतमा समाबेश गरेका छन् । गीतमा गायक भरत कुमाल र गायिका टिका पुनको सुमधुर आवाज रहेको छ ।

मान्छेको जिवन भोगाईमा आइपर्ने साना तिना अवरोधले मानिसको जिवनमा आउने विचलन र निराशालाई गीतमा समेटिएको छ । गीतलाई भरत कुमालले शब्द तथा संगीत गरेका हुन् । भिडियोमा लोकेन्द्र शाही ठकुरी र रन्जिता गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोलाई अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।

भिडियोमा रमित ओलीको सम्पादन र अजय रेग्मीको छायांकन रहेको छ । म्युजिक भिडियोलाई भैरबकालिका म्युजिक प्रा.लीको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्