जसको कहिल्यै क्षमा नमिल्ने १२ पाप



काठमाडौं, ६ फागुन २०७४

सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउ‘दैनन् । मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् । प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पाप गरेकै छन् कसैले आफ्नो स्वार्थका लागि त कसैले अन्जानमा ।

शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सँधै शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।

१. अर्काको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।

२. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।

३. कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।

४. राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।

५. कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।

६. कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।

७. समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।

८. धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन ।

९. बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।

१०. गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।

११. गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भूलेर पनि नगर्नुहोस् ।

१२. मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्