सनी लियोनको रेकर्ड तोडिन् प्रिया प्रकाशले



मात्र एउटा भिडियोका कारण सामाजिक सञ्जाल तथा इन्टरनेटमा सनसनी मच्चाएकी प्रिया प्रकाश वारियरको नाममा अर्को एउटा रेकर्ड कायम भएको छ ।

उनी गूगलमा सबैभन्दा खोजिएकी सेलिब्रेटी बनेकी छिन् । उनले इन्टरनेट क्वीनका नामले परिचित बलिउड कलाकार सनी लियोनका नाममा रहेको यो रेकर्ड केही दिनमा प्रियाले खोसेकी छिन् ।

पछिल्ला केही दिनमा इन्टरनेटमा सनी लियोनभन्दा प्रिया प्रकाश धेरै खोजिएकी छिन् ।

सनी लियोनको यो रेकर्डलाई एक–से–एक हस्तीले तोड्न नसके पनि १८ वर्षीया उदयीमान यी कलाकारले केही दिनमा तोडिदिइन् ।

इन्स्टाग्राममा प्रिया प्रकाशका ३० लाखभन्दा बढी फ्लोअर्स पुगिसकेका छन् । यसले पनि उनको आउँदो चलचित्रलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ ।

मलायालम चलचित्र ‘ओरु अदार लभको गीत ‘मनिक्य मलाराया पूवी’ सामाजिक सञ्जालका सबै प्लेटफर्म फेसबुक, ट्वीटर, इन्स्टाग्रामको साथै ह्वाट्सएपमा एकदमै छिटो भाइरल भयो ।

यो गीत विद्यालय पढ्दै गरेका विद्यार्थीको रोमान्समा आधारित रहेको छ । जसमा एक युवती इशारै इशारामा आफ्नो मनको कुरा भनिरहेकी छिन् ।

गीतको एउटा विशेष दृश्यमा प्रिया प्रकाश वारियरले आफ्नो केटा साथीलाई आँखा झिम्काएकी छिन् । त्यसपछि उनको केटा साथीको एक्सप्रेसन्स हेर्नलायक देखिन्छ ।

प्रियाको आँखा झिम्काईले उनी भुतुक्कै हुन्छन् । चलचित्रको यो गीतले उनलाई भारतमा मात्रै होइन विश्वमै चर्चित बनाएको छ ।

प्रियाको जन्म केरलको त्रिशूरमा भएको हो । उनी अहिले त्रिशूरमा रहेको विमला कलेजमा बिकमको पहिलो वर्षकी विद्यार्थी हुन् । ‘ओरु अदार लभ’ मा प्रिया एक विद्यार्थीको भूमिकामा देखिएकी छिन् ।

उनी ‘ओरु अदार लभ’ बाट चलचित्र उद्योगमा डेब्यू गरेकी हुन् । यो चलचित्र मार्च ३ का दिन रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्