‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो सहित)



भण्डारीले निर्देशन गरेको डेब्यू सिनेमा ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसर पारि ‘अब मनसँग मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेको अभिनय रहेको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । फेरि एकपटक अर्जुनले मिठो शब्दमा मनछुने संगीत भरेका छन् । गम्भीर बिष्टको कोरियोग्राफरमा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको सिनेमामा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्