जुन केटासँग मैले पहिलो सेक्स गरे उसलाई सेक्स गर्नै नआउने रैछ : हरिशा बानिया



हरिशा बानिया, नेपाली मोडलहरुमा पुरानै नाम हो । हुनत उनी भिडियो सडक नाटकहरु मोडलिङ क्षेत्रमा आउनु पुर्वनै गर्दै आएकी थिइन् । बोके दाह्री नामक सिरियल उनको पहिलो हो । उनी मिस पूर्वाञ्चल पनि भइसकेकी छन् । नेपाली ग्यालमर लाइन पहिलेदेखि सुरु गरे पनि काठमाण्डौ आएपछि उनले मेरी बास्सै नामक सिरियलमा भूनियाको रोल गरिन त्यसपछि उनलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । त्यसो त उनी नेपालका धेरै स्टेजहरुमा विदेशी गायीका साकीराको डान्स गरेर पनि चर्चित थिइन नै । प्रस्तुत छ उनैसंग गरेको कुराकानीः

के छ हालखबर ?
मैले स्पेसल्ली यो काम यहि नै भनेर गर्दिन कहिलेपनि । किनभने, म एक्ट्रेस अनि मोडल पनि हु । टि. भि. सिरिएल, म्युजिक भिडियो, टीभीसीमा काम गरिराहुन्छु । अहिले पनि गरिराछु । यो भन्दा अगाडि सिरियलमा मेरी बास्सै गरिरहेकी थिए । मैले आफनो सानो कामले गर्दाखेरी त्यसलाई कन्टिन्यु गर्न सकिन । आज भन्दा २ महिना अगाडिको कुरा हो, मैले फोटो सुट गरे । अब म चाहि आफ्नै काम गरौ भनेर सोचिहेको छु ।

आफ्नै काम भन्नाले ?
बिजनेस ओमन बन्ने मेरो इच्छा छ, हेर्दै जाउ के हुन्छ ।

प्लानिङ के छ ?
मैले १३ बर्षको उमेरदेखि यो क्षेत्रमा काम शुरु गरे । म अहिले २३ बर्षकि भए । अहिले उमेर पनि बदलिरहेको छ । अहिले म खास कन्फ्युज चाहि किन भएकी छु भने मेरो घरमा बिहेको कुरा चलिहेको छ । बिबाह गर्नैपर्छ भनेर कुरा आईराछ घरबाट । त्यतिको लागि म कन्फ्युज हो । मलाई धेरै आएका छन्, काम आएपनि मैले काम नगरेको कारण त्यो नै हो । तर, अब स्टार्ट गर्छु कामहरु फेरी । फ्युचरमा यदि मैले सोचे झै भयो भने म नेपालमै राम्रो प्रशंशा गर्न लायक रेष्टुरेण्ट खोल्नेछु । म गोवा घुम्न जादै छु । आएपछि बिचार गर्नुपर्ला ।

फेरि पनि सिरिएलमा आउने की ?
म त्यो भाग्यमानि मोडल, एक्ट्रेस हु । जसले सानो रोल गर्दा पनि दर्शकहरुले धेरैनै माया गर्नु भयो । मेरी बास्सैमा मैले धेरै रोल गरेको पनि थिईन थोरै थियो भूनिया भन्ने रोल । तर, पपुलारिटि धेरै कमाए । त्यस्तै फेसन सो पनि मेक्सिमम गरे । पहिलेदेखिनै मोडलिङलाई अगाडि बढाए । सिरिएलमा मेरी बास्सै भन्दा अरु नगरौ कि भन्ने सोच छ । त्यस्तै राम्रा राम्रा आईटम सङ्गस् गर्छु होला, तर हिरोईन बन्ने ईन्ट्रेस्ट नै छैन ।

हिरोईनको लागि अफर त आयो होला नी ?
अफर आयो । मैले २ वटामा काम पनि गरे ।

प्रायः त मोडलिङबाट छिर्ने अनि हिरोईन भएर निस्कने हुन्छन् ?
मलाई चाहि फेसन सो गर्न मनपर्छ । राम्रो व्यानरको बिज्ञापनहरु गर्न मनपर्छ, म्युजिक भिडियोहरु गर्न मनपर्छ अरु कुनै सोचाई नै छैन ।

सुरुमा र्याम्पमा हिड्दाको अनुभव ?
कन्फिडेन्स ममा बच्चै देखिनै थियो, कहिले पनि होपलेस भईन । र्याम्प त्यस्तै म्युजिक भिडियो गरे मैले, धेरैमान्छेबाट राम्रो रेस्पोन्स पाए । नेपालका जतिपनि दर्शकहरु हुनुहुन्छ उहाहरुले नै मलाई रुचाईदिनुभयो । आजसम्म हरीसा बाँनीयालाई नराम्रो भन्ने मान्छे मैले पाएकी छैन । मेरी बास्सैेबाट पनि मन पराउनु भयो । है । मलाई नेशनल, ईन्टरनेशनलका मान्छेहरुले चिन्छन खुसि लाग्छ ।

मैरी बास्सैको पपुलारिटिले देश बिदेश घुमायो ?
हो, म ६,७ देश गए । अब नर्बे जाँउ कि भनेर सोचिरहेकि छु ।

के को लागि जाने नर्बेमा एक्टिङका लागि अथवा फेसनका लागि ?
नर्बेमा मेरो एकदमै राम्रो साथी हुनुहुन्छ फोटोग्राफर । उहाँले मलाई नर्बेमा आउ हरीसा तिम्रो ईन्डिएन जस्तो लुक छ तिम्रो फोटो पनि राम्रो आउछ, तिमिले बाहिर ट्राई गर्दा राम्रो हुन्छ भन्नुभाछ । जानको लागि कुनै प्रोबलम त छैन । तर, के गरौ के नगरौ भन्ने भईराछ ।

मोडलिङ क्षेत्रमै केहि गर्ने सोच छ ?
मोडलिङमा स्कोप नै छैन । आज मलाई भन्न लाज लाग्छ । यतिधेरै बर्ष भईसक्यो यसमा लागेको । मैले यो क्षेत्रमा धेरै काम गरे तर के गर्ने नेपालमा यसको स्कोप नै छैन । यहाँ गरेको ८,९ बर्षको स्ट्रगल यदि बाहिर गरेको भए यो टाईममा म एकदमै टपको मोडल बनिसक्थे ।

कति कमाउनुभयो यो ८,९ बर्षसम्म ?
मैले आजसम्म गलत बाटो नपकडेर मेरो एक्लो जिबनमा मलाई पुग्ने गरेर कमाएकी छु । ठिकै छ । मलाई जस्तो ठाँउमा बसेपनि खान लगाउन पुग्छ ।

बिबाह कहिलेसम्म गर्ने प्लान छ ?
घरमा कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई । पहिले मेरो ब्यायफ्रेण्ड त थियो तर ब्रेकअप भयो ।

ब्रेकअप कसरी भयो ?
मैले छोडिदिएको उसलाई, केहि एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो । तर छुट्यो । म सिंगल हो अहिले । अहिले भेट हुदैन, ऊसंग १ बर्षको रिलेशन थियो, ब्रेकअप भएको ३ बर्ष भइसक्यो । आ–आफ्नो भाग्यको कुरा हो, ऊसंग लेखिएको थिएन बस् यति । नेपाली केटाहरु मन पर्दैन मलाई ।

भनेपछि विदेशी ताक्नुभाछ ?
त्यस्तो होइन, आइ एम सिंगल राइट नाव, मैले एकदमै माया गर्थे उसलाई.. द्याट टाइम आइ एम स्टिल भर्जिन, बट आइ एम नट स्टिल भर्जिन राइट नाव । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि ।

फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन्, मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, ऊ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर ।

यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन । ३ बर्ष अगाडी २० बर्षको हुदाँ उसंग मेरो रिलेसन थियो, अहिले २३ बर्ष भए त्यसपछि कसैसंग रिलेशन छैन । तर, साथीहरु छन्, घुम्न जान्छु, हास्छु, बोल्छु । म सिगरेट पिउदिन, ड्रिङ्स गर्दिन ।

कस्तो केटाको खोजिमा अहिले ?
मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।

केटीहरु प्रायः केटा धनिनै होस् भन्ने हुन्छन् रे ?
आ–आफ्नो सोचाई हो । पैसा त मसंग पनि छ नि, मैले सो पो नगरेको हो त । मलाई पुग्ने सम्पत्ति त कमाई सकेको छु नी । मलाई आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, म भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् ।

छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।

तपाईको फस्ट रिलेशन सेक्सको अनुभव ?
ओ..हो… नसम्झाउनु । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन । मैले जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । उसको अरुसंग पनि रिलेशन भइसकेको थियो, मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । किनकि त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ ।

सेक्स कस्तो हुनुपर्ने थियो ?
मलाई वाइल्ड सेक्स मन पर्छ । सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । त्यो समय आइ एम नट ह्याप्पी । लाइफमा आफु जस्तो छ त्यस्तै खालको पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो । श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ? त्यही हो ।

त्यसपछि नि ?
छैन रिलेशन भएको । थ्री इएर्स भयो ।

विना रिलेशन कसरी वाइल्ड सेक्सको कल्पना हुन्छ र ?
(लामो हाँसो ) त्यो त कल्पना गर्ने कुरै होइन गर्ने हो । म सेक्सको बारेमा कितावहरु पढ्छु । नजानेको कुराहरु सिक्ने गर्छु । जरुरी छैन कि तिमी सेक्स नै गर । फिलिङ्स आएको बेला मूभीहरु हेर्ने अनि आफुले आफुलाई इन्जोय गर्ने गर्छु ।

जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटानै देख्दिन ।…. (हाँसो) त्यही एउटा थियो त्यो केटाले ब्याड इम्प्रेसन पार्यो त्यसलाई छोडिदिए । अरु ड्रिम ब्वाय मेरो लाइफमा छैन ।

विवाह अगाडीको सेक्सलाई राम्रो मानिदैन त ?
मलाई त्योसंग केहि मतलब छैन । मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।

सेक्स कति आवश्यक छ जीवनमा ?
आवश्यकता किन छैन ? यो त खाना खाए जस्तै हो । मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि । कतिपय कुराहरुमा समाजले के भन्छ भन्ने हुदैन, यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।

तपाईलाई कस्तो केटा भएमा बढि सन्तुष्ट हुन्छु जस्तो लाग्छ ?
मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।

हरीषालाई आफ्नो सबैभन्दा मन पर्ने कुरा ?
(हाँसो) हा..हा…हा..म राम्री छैन तर एक्ट्रयाक्टिभ छु, स्विट एण्ड सेक्सी छु, आइ एम नट व्युटिफुल, बट स्विट एण्ड सेक्सी छु । मैले भन्दा पनि पब्लिकले तपाई एकदमै बुलेट हुनुहुन्छ भन्नुहुन्छ…..हा..हा…हा..।

मन पराउनेहरु धेरै छन् होला, उनीहरुलाई मन पर्ने तपाईको ?
(हाँसो) हा..हा…हा मन पराउने धेरै छन् । मेरो कसैले पनि केहि नराम्रो कुरा देखाउदै देखाउदैनन् । अर्को कुरा सबैले मलाई एउटै भन्छन् तिमि धेरै नै सेक्सी छौ । फेसबुकहरुमा हेर्न पनि सक्नुहुन्छ मैले नराम्रो कमेन्ट पाएकै छैन ।

धेरै नै सेक्सी देखेर अफरहरु कति आएका छन् ?
कति धेरै आको छ, छ । तर, त्यसलाई म नराम्रो मान्दिन । उसले मसंग केहि कुरा देख्यो र त त्यो भन्यो नी, त्यसमा चित्त दुखाउनुपर्ने केहि कारण छैन । तर, स्विकार गर्ने नगर्ने भन्ने फरक कुरा हो ।

फ्यानको सम्झना छ जसले धेरैनै प्रशंशा गरेको होस् ?
धेरै छ । अ..अ. म मेरी बास्सैको सुटिङमा दाङ गएको थिए, त्यो बेला एकजनाले मलाई आफ्नो जीउको सबै कपडा खोलेर एक चिज मागेको छ । म त्यो केटालाई कहिल्यै बिर्सन सक्दिन । त्यो केटाले सबैको अगाडि आई लभ यु भुनिया तिमिलाई पाइन भने म मर्छु भनेर भनेको थियो । सोह्र सत्र बर्षको उमेरमा म सानै थिए, अरु कुनै सेन्स फिलिङ्स नै आएन ममा ।

अहिले कसैले दाङमा भने जस्तै भन्यो भने नि ?
(हाँसो) हा..हा…हा म हास्छु । माया गर्न जसले पनि पाउछ तर, ब्वायफ्रेण्ड गर्ल फ्रेण्डको रुपमा होइन । फुलको आँखामा फुलै संसार । सबैलाई राम्रो सोच्नु पर्छ । कसैले प्रपोज गर्यो भने थ्याङक्यू भन्छु ।

त्यती मात्रै ?
त्यती मात्रै हो, म साथीहरुसंग घुम्छु, खान्छु तर, रिलेशन भन्ने कुरा फरक हो । पहिला जे भयो भयो, अब मेरो रिलेशन त्यहीसंग हुन्छ जोसंग मेरो विवाह हुन्छ । (हाँसो) हा..हा… अहिले त्यो त मैले लक गरेर आको छु हा..हा… कसैसंग हुदैन ।

संघर्ष के हो ?
म १३ बर्षको उमेरमा घर छोडेर आको केटी हो । संघर्ष त कति गरे–गरे । त्यही संघर्षले म यहाँसम्म आउन सके । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझै पनि गर्दैछु । मैले कहिल्यै रङ वे समातिनँ । (काठमांडू नेपाल)

प्रतिक्रिया दिनुहोस्