‘कृ’ काे कमाइ ६ दिनमा साढे ५ कराेड



युवा स्टार अनमोल केसी र अदिती बुढाथोकी स्टारर चलचित्र ‘कृ’ ले आफनो ६ दिने कलेक्सन सार्वजनिक गरेको छ । शुक्रबारबाट रिलिजमा आएको कृ ले छैटौँ दिनसम्ममा ५ करोड ४४ लाख कलेक्सन गरेको निर्माण युनिटले बताएको छ । ऋाज एक पत्रकार सम्मेलनको आयोजना गर्दे ‘कृ’ को ६ दिने कलेक्सन सार्वजनिक गरेको हो ।

‘कृ’ ले पहिलो दिन देशभरबाट कूल ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ कलेक्सन गरेको निर्माता सुवास गिरीले जानकारी दिए । इसुैगरी कृ ले चौथो दिन ५६ लाख १९ हजार ९ सय ९३ रुपैयाँ, पाँचौ दिन ८५ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ र छैठौं दिन ६२ लाख ९५ हजार ८ सय ६० रुपैयाँ कलेक्सन गरेको गिरीले बताए ।

रिलिज नहुँदै निर्माण युनिटले ‘कृ’ को ओभरसिज राइट्स ८० लाख र ब्राण्डबाट ५० लाख रुपैयाँ हात पारिसकेको छ । ल्गानीको हिासबले आफुहरु सुरक्षित भईसकेको जनाउँलै कृ को अबको कलेक्सन नाफामा जाने निर्माण युनिटले जनायो । ‘कृ’ प्रति दर्शकहरुले देखाएको मायाप्रति भबिष्यमा झनै राम्रो र ठुलो बजेटमा चलचित्र निर्माण गर्न हौसला मिलेको निर्मातामध्येका एक भुवन केसीले बताए ।

कर्यक्रममा अनमोलको उपस्थिती थिएन भने नायिका अदिती बुढाथोकीले डेब्युमा नै दर्शकहरुले दिएको माया र साथप्रति धन्यवाद व्यक्त गरिन् । सुवास इन्टरटेन्मेन्ट र काजोल फिल्म्सको व्यमानरमा निर्माण भएको ‘कृ’ मा अनमोल अदितीसंगै अनुपबिक्रम शाही , कामेश्वर चौरासीया सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको ‘कृ’ भोलीबाट दोस्रो हप्तामा प्रबेश गर्देछ । चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्