
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले १४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छिन् । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रविण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धलाई नविनाले बैशाख पहिलो साता विवाहमा परिणत गर्न लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुको फागुन दोस्रो सातामै विवाह गर्ने तयारी भए पनि नविनाका हजुरबुवाको निधन भएका कारण वैशाखमा सारिएको हो । ४९ दिनसम्म नविनाको परिवारमा शुभकार्य गर्न नहुने भएपछि विवाह सारिएको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रेम सम्बन्ध परिपक्व भएपछि ०६७ सालतिर यो जोडीले विवाह गर्ने निश्चय गरेको यो जोडीले अहिले आएर बिहे गर्ने तयारी गरेको हो ।