एउटा राम्रो कलाकार तथा मोडल बन्न चाहन्छु : उर्मिला तामाङ( भिडियो सहित)



एटम शर्मा / काठमाडौं, ४ फागुन २०७४

काभ्रे जिल्ला वेदानाचोक ६, मेघाम्सुमा चित्रमान तामाङ र ठुली मायाँ तामाङको कोखबाट जन्तिएकी हुन् उर्मिला तामाङ । पाँच सन्तान मध्ये साईलो सन्तानको रुपमा  उर्मिलाको जन्म भएको हो । हसिलो चहराकी मिलनसार र चन्चले स्वाभाव भएकी  उर्मिला काठमाडौंको चावहिलमा बस्छिन । ५ :३ इन्च  अग्ली तथा  ६२ केजी तौल भएकी उनी मिस तामाङबाट आफ्नो सुन्दर भविष्य  खोजिरहेकी छिन् ।

पशुपति क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक गरेकी उर्मिला एउटा राम्रो कलाकार तथा मोडल बन्न चाहन्छिन । उनले धेरै पटक नृत्य प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत हात परिसकेकी छिन् ।

साधारण नेपालि खाना दाल भात तरकारी खाना रुचाउने उनी झट्ट रिसाउने तर चाडै मन पलाउने बताउछिन । राजु लामाको लाखौं कोसिस बोलको गीत बढी सुन्ने गर्छिन । उनको मनपर्ने गायक पनि राजु लामै भएको उनी बताउछिन । कल्चरल नृत्यमा बिशेस रुची देखाउने उनी अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी  शाह बाट बढी प्रभावित छिन् ।

निलो रंग बढी मन पराउने उनी शान्त, सफा तथा एकान्त वातावरणमा आफुलाई हराउन बढी चाहन्छिन् र त्यसैबाट आफुलाई आनन्द आउने प्रतिक्रिया दिन्छिन्।

तामाङहरु पछि पर्नुको एक प्रमुख कारण नियमित रुपमा जाँड रक्सि सेवन भएको बताउने उनी जाँड रक्सि नियन्त्रण संगै तामाङहरु पछि पर्नुको अन्य कारण पनि खोजि गर्नु पर्ने समय आएको बताउछिन।

जोमसोम आफुलाई मनपर्ने ठाउँ भएको बताउने उनी कुनै दिन जोमसोम गएर त्यहाको मोहित वातावारनासंग रमाउने सपना रहेको पनि बताउछिन् । उनले मोडलिङमा परिवारको पनि राम्रो सपोर्ट पाइरहेकी छिन् । कसैले गाली गरे रिस कन्टोल गरेर बस्ने अनि रुइदिने पनि उनको बानी रहेको छ ।

अझैसम्म कसैसंग प्रेम नबसेको बताउने उनी धेरैले प्रेम प्रस्ताब राखे पनि स्विकार नगरेको र अझै केहि वर्ष प्रेमको बारेमा नसोच्ने विचारमा छिन्  ।

प्रेम भनेको विस्वास र बाच्ने आधार भएको बताउने उर्मिला आफ्नो भबिस्यको जीवन साथी यो वा त्यो जस्तो भन्दा पनि सबै कुरामा मन मिल्ने साधारण किसिमको होस् भन्ने चाहान्छिन ।

नृत्य विधामा नै आफुलाई व्यावसायिक मोडल बनाई उदारणीय छोरी भएर स्थापित हुने समेत इच्छा राख्छिन । मिस तामाङ २०१८ को टप २८ को  अडिसन सकेर बसिरहेकी छिन् । टप २८ को अडिसन सकिए संगै यतिखेर टप १० मा पुग्नको लागि भोटिंग खुल्ला भैसकेको छ । उर्मिलालाई टप १० मा देख्न चहानेहरुले आफ्नो मोबाईलको म्यासेजमा गएर MT 16 लेखेर  34343 मा पठाउन समेत सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्