जसितालाई प्रदिपले ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ भनेपछि



काठमाडौं– चलचित्र ‘लिलिबिली’को शीर्ष गीत रिलिज गरिएको छ । ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको यो गीत प्रेम दिवसको अवसर पारेर यो गीत रिलिज गरिएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको यो गीतमा ‘एकतारे’को शब्द रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङ देखिएका छन् । स्कटल्याण्डमा खिचिएको गीतमा कविराज गहतराजले नृत्य र सुदीप बरालको छायाँकन रहेको छ । मिलन चाम्सले निर्देशित ‘लिलिबिली’मा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मिलन, गोविन्द शाही र सुदिप खड्काको चलचित्रमा लगानी रहेको छ । चन्द्र पन्तको एक्सन, अर्जुन जीसी सम्पादन छ । चलचित्रलाई चैत्र ३० गतेबाट रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । गीतसँगै निर्माण युनिटले चलचित्रको यो गीतको कभर भिडियो प्रतियोगिता समेत राखको छ । यो गीतमा उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख नगद पुरस्कार दिने घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्