पेटमाथि छपछपी खर्बुजा काटेपछि मिनेटमै बन्यो कीर्तिमान (भिडियोसहित)



दक्षिण एसिया
भारतका दुई युवाले खतरनाक काम गरी गिनिज रेकर्डमा नाम लेखाएका छन् ।

जिम्मी खरादी र बाजी कसड नामका दुई युवाले पेटलाई अचानो बनाएर तरबारले खर्बुजा काटी विश्व रेकर्ड दर्ता गराएका हुन् ।

खरादीको पेटमाथि राखिएका खर्बुजाहरु ३० इन्च लामो तरबारले कसडले छपछपी काटेका थिए । रेकर्ड बनाउने क्रममा उनले ४८ वटा खर्बुजा काटेका थिए ।

सो क्रममा जापानी तरबार प्रयोग गरिएको थियो, जसले सजिलै पेट काट्नसक्थ्यो ।  ४८ वटा खर्बुजा तरबारले काट्दा समेत खरादीको पेटमा धारिलो तरबारले अलिकति पनि छोएन ।

भिडियो हेर्नुहोस :

यसक्रममा एउटा खर्बुजा पूरै नछिनेको र अर्को एउटा समयभन्दा पछि काटिएको कारण रद्द भए पनि उनीहरुको रेकर्ड गिनिजमा दर्ता भएको छ । उक्त क्रममा काटिएका खर्बुजाहरु सबै समारोहमा उपस्थितलाई बाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्