ओलीले लिए प्रधानमन्त्रीको सपथ (फोटो फिचर)



काठमाडौं- केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।
ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए।

ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए।

तस्बिरहरु: दिपेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्