बिरगञ्जमा रोटरी इन्टरनेशनल ३२९२ को १० औँ सम्मेलन हुँदै 



३ फागुन २०७४, काठमाडौँ

२००८ मा नेपाल डिस्ट्रिक भएपछि प्रत्येक वर्ष हुने डिस्ट्रिक सम्मेलन यसपटक सास्कृतिक नगरी बिरगञ्जमा हुँदै छ । भोलिबाट हुने सम्मेलन ३ दिन सम्म चल्ने छ । सम्मेलनमा देशभरिका ११५ र भुटानको १ गरी ११६ क्लबबाट २००० भन्दा बढी रोटरी प्रतिनिधि सहभागी हुने रोटरी सम्मेलन आयोजक समितिले जनाएको छ ।

रोटरीमा नेतृत्व
रोटरीको नेतृत्व प्रत्येक वर्ष बदलिन्छ । रोटरी क्लब, डिस्ट्रिक वा रोटरी इन्टरनेशनल सबैको नेतृत्व परिवर्तन हरेक वर्ष हुन्छ । चाखलाग्दो नियम के छ भने रोटरीका सबै तहहरुमा नेतृत्वको विकासक्रम ३ वर्ष अघि नै भएको हुन्छ । त्यसैले हरेक सम्मेलन हुनु पूर्व अध्यक्ष को हुन्छ भन्ने पहिले नै थाहा हुन्छ ।

रोटरी के हो ?
मानव सेवा गर्ने पवित्र भावनाले स्थापना गरिएको रोटरी क्लबले विश्वभर धेरै परोपकारी कामहरु गरिरहेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, शान्ति, रोजगारीका साथै महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील छ ।  नेपालमा पनि रोटरी क्लबले धेरै अस्पतालहरु, विधालयहरु र विभिन्न ६ क्षेत्रमा सयौँ परियोजनाहरु संचालन गरेको छ । पोलियोको अन्त्य रोटरीको विश्वव्यापी परियोजना हो ।  २३ फेब्रुअरी १९०५ मा पाउल ह्यारिसको नेतृत्वमा स्थापना भएको रोटरी क्लब अहिले विश्वभरका १२ लाख भन्दा बढी विभिन्न पेशामा आवद्ध सदस्यहरुले भरिएको छ ।

नेपालमा रोटरी
नेपाल रोटरी क्लबको स्थापना २० नोभेम्बर १९५८ मा भएको थियो भने १३ अप्रिल १९५९ मा रोटरी क्लब अफ काठमाण्डौले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।  २००८ को जुलाईबाट ७२ क्लब र २१०० भन्दा बढी रोटरियन भएर नेपालमा रोटरी डिस्ट्रिक ३२९२ स्थापना भयो ।  नेपालमा रोटरी डिस्ट्रिक हुनु अघि नेपालका सबै रोटरी क्लबहरु भारतको रोटरी डिस्ट्रिक ३२९० मा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्