यौनकर्मीका कारण तनावमा शाहिद परिवार



बलिउड अभिनेता साहिद कपूर र उनकी पत्नी मीरा कपूर समस्यामा फँसेका छन् । समस्यामा फँसेका उनीहरुले त्यही समस्याकै कारण आफू बस्दै आएको घर पनि छोड्नुपर्ने अवस्था देखिएको छ । उनीहरु हाल बस्दै आएको घर साहिदले विवाह गर्नु अघि सन् २०१४ मा किनेका थिए । साहिदको घर जुहूको बीचमा रहेको महज आधा किमीको दुरीमा छ । साहिद जुन स्थानमा बस्छन्, त्यसको आसपास यौनकर्मी महिलाको बाक्लो बसोबास छ । त्यसकारण पनि साहिदले आफ्नो घरलाई बेचेर नयाँ कुनै ठाउँमा घर किन्ने सोचाई बनाइरहेका छन् । समाचार अनुसार साहिद श्रीमती मिरा र छोरी मिसासँग बान्द्रमा सार्ने तयारीमा छन् । हालका दिनमा साहिद आफ्नो फिल्म ‘पद्मावत’को सफलता मनाइरहेका छन् । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्