रास्ट्रकवि माधवप्रसाद घिमिरे अब नेपाली सेना पनि



२ फागुन २०७४

काठमाण्डौ, आज सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच राष्ट्रकवि श्री माधव प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन्।


राष्ट्रिय गीत, नेपाली भाषा र साहित्यको विविध विधामा पुर्याउनु भएको योगदानको कदर स्वरुप राष्ट्रकवि श्री घिमिरेलाई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ माघ २६ गते बसेको बैठकले नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्