
२ फागुन २०७५
काठमाण्डौ, पुस्तकालय परिचारिक संगठन नेपाल (नासल) द्धारा प्रकाशित पुस्तक “नासल एक झलक” लोकार्पण तथा विद्यालयमा काम गर्ने शिक्षकहरुका लागि सूचना साक्षरतासम्बन्धी ३ दिने तालिम डा. हरि लम्सालको प्रमुख आतिथ्यमामा गत हप्ता सम्पन्न भयो ।
नेपाल सरकारको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका लम्सालले नाललले विगत लामो समयदेखि विद्यालयमा पुस्तकालयको स्थापना र संचालनद्धारा विभिन्न जिल्लामा शैक्षिक गुणस्तर कायम गर्न शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्नुभयो । नासलका गतिविधिबाट प्रभावित लम्सालले आगामी दिनमा मन्त्रालयको तर्फबाट नासललाई सकेसम्म धेरै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

विशेष अतिथि नेपाल रास्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्र मैनालीले नासलका गतिविधिले देश विकासको आधार स्तम्भका रुपमा रहेको विद्यालय शिक्षाको गुणस्तरीयताका लागि अनुसन्धनात्मक र खोजमुलक शिक्षाका लागि नासलले विशेष योगदान दिएकोमा प्रशंसा गर्नु गरें ।
कार्यक्रम मै विद्यालयको पुस्तकालयमा उत्कृष्ठ काम गर्ने पुस्तकालयकर्मीलाई प्रदान गर्ने गरी इयान यंगको नाममा “द लाइब्रेयिन अफ द ईयर” पुरस्कार ( Ian Young “Librarian of Year” Award) कोषको समेत घोषणा गरियो ।
कार्यक्रममा त्रिवि केन्द्रिय पुस्तकालयका प्रमुख आइ. पि. अधिकारी, नेपाल पुस्तकालय संघका अध्यक्ष गीता थापा र पुस्तकालय आवाजका सम्पादक एवम् नेपाल लाइब्रेरी फाउण्डेसनका केन्द्रिय सदस्य रमेश भुषाल पनि मन्तब्य राखेका थिए ।
कार्यक्रममा एशिया फाउण्डेसनका प्रतिनिधि समिरा श्रेष्ठ, विशाल मिलन केन्द्रका अध्यक्ष अनिसराम भट्टराई,नासल पूर्व-महासचिव केशव खवास र सल्लाहकारद्धय दिपक कुमार शर्मा तथा दिव्यमणी दिक्षितले पनि शुभकामना मन्तब्य राखेका थिए।

पुस्तक विमोचन तथा तालिम समापन कार्यक्रमको अध्यक्षता नासल अध्यक्ष शारदा सिवाकोटी,स्वागत नासल काठमाडौं जिल्ला अध्यक्ष कुमारी कमला राई, धन्यवाद ज्ञापन कोषाध्यक्ष सुनिता जोशी र संचालन महासचिव नर्बदा पोखरेलले गरेका थिए ।





