उपसभामुखमा एकल मनोनयनपत्र दर्ता



विराटनगर, २ फागुन

प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराइन् ।

उनको प्रस्तावमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहेको प्रदेश सचिवालयले जनाएको छ ।

सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य भएकी पोखरेल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य छिन् ।

प्रतिक्रिया दिनुहोस्