लिलिबिली भ्यालेन्टाइन गिफ्ट (भिडियो सहित)



‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवसको अवसर पारेर यस वर्षको प्रतिक्षीत सिनेमा ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का तथा नव-नायिका जसिता गुरुङको अभिनय रहेको छ । प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको बताएका छन् । एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् ।

गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ । यस्तै, निर्माण टिमले सिनेमाको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानल मार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ । चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारको अभिनय रहेको छ ।

मिलन चाम्स निर्देशित सिनेमा सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्