सांसद रमा आलेमगरद्वारा राहत स्वरुप कम्बल वितरण



काठमाडौं, १ फागुन २०७४
आज काठमाडौं क्षेत्र न १० प्रदेश कमिटि (ख) ले एक समारोह बिच भुकम्प पीडित विपन्न परिवारलाई कम्बल वितरण गर्‍यो  । काठमाडौं  १० अन्तर्गत  प्रदेश सांसद रमा आलेमगरको सकृयतामा दुई सय विपन्न परिवारलाई राहत स्वरुप कम्बल वितरण गरिएको हो ।
सो बितरण कार्यक्रममा बोल्दै प्रदेश सांसद रमा आलेमगरले आफुले पाएको मतको सम्मान स्वरुप असाह्यय विपन्न परिवारलाई सानो उपहारले खुशी बाड्न पाउदा आफु धेरै गौरवाम्वित  भएको बताउनु भएको थियो ।
प्रदेश कमिटि संयोजक प्रलाहद बहादुर कार्कीको सभापतित्वमा सम्पन कार्यक्रममा प्रदेश सांसदद्वय  बेलिमाया धले र उर्मिला कार्मचार्यको पनि सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्