हुम्लाको अवस्था सदाबहार उस्तै



एटम शर्मा / सिमकोट, १ फागुन २०७४

समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा हुम्ला जिल्लाको सदरमुकाम सिमकोट रहेको छ  । कर्णाली नदि भन्दा १ हजार मिटर माथि सानो सम्म पाएको थाप्लोमा अवस्थित सिमकोट हेर्दैमा आकर्षक देखिन्छ  ।

२०६८ सालतिर बिमानस्थल कालोपत्रे भएको सिमकोट बिमानस्थलको उत्तरी मोहडामा छ  । यहा छिमेकि जिल्लाहरु मुगु, बाजुरा, अनि बझांगबाट जडिबुटी ल्याइन्छ र नेपालगंज पठाइन्छ  । तेसैले सिमकोटलाई जडिबुटीको राजधानी पनि भन्ने गरिन्छ  ।

तिब्बती सिमानामा रहेका दुइ गाँउ लिमि र हिल्साबाट सिमकोटसम्म मोटर बाटो समेत जोडिएको छ  । तर ति सडकहरुमा हिउँ र हिमा पहिरोको कारण त्यति भरपर्दो भने छैन  । बर्षमा कठिनले ३/४ महिना यातायात चल्ने गरेको छ  ।

यहाँका अधिकांस घरहरु माटो र ढुङ्गा जोडेर २/३ तले सम्मको बनाइन्छ  । घरमा चढ्नलाई ३ तालासम्मको लामो लिस्नु बनाउने चलन रहेको छ  । पहिलो तलामा पशु बाँध्ने गर्छन, दोस्रो तलामा खाने बस्ने गर्छन अनि तेस्रो तलामा राखनधरान गर्ने गर्दछन  । त्यसैगरी हिउँबाट हिउदमा बाच्नको लागि छानामा घाँसपात, दाउरा र सेउला जस्ता बस्तुहरु राख्ने गर्छन  ।

कर्णाली क्षेत्र अन्तर्गत उत्तर पश्चिममा पर्ने नेपालकै अति दुर्गम जिल्लामा पर्छ हुम्ला जिल्ला   । हुन त त्यै हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बिमानस्थल रहेको छ तर अन्य कुनै खास र नियमित यातायात अझै सम्म पुग्न सकेको छैन  ।

समुन्द्र सतहदेखि उच्च स्थानमा सुख्खा भूभागमा रहेको हुम्ला बर्षको ५ महिना हिउँमा पुरिएरै सकिन्छ  । तेसैले यहा खेति कमै मात्रामा हुने गर्दछ  । कुल  ५ लाख ६५ हजार ५ सय हेक्टर क्षेत्रफल रहेको हुम्लामा ५ हजार २० हेक्टर मात्र खेति योग्य जमिन रहेको छ  । गहुँ, उंवा, जौ, फापर, कौनी, चिनो, ठुलो सिमि, गहत, भटमास, मास, आलु, कोदो, मकै यहाको मुख्य बालि हो भने पशुपालन व्यवसाय यहाको दोस्रो मुख्य व्यवसाय हो  ।

विशेषता यहाका मानिसहरु चौरीगाई, घोडा, याक, भेडा, नाक, बाख्रा जस्ता घरपालुवा जनावरहरु पाल्ने गर्दछन  । चौरीको दुधबाट बन्ने सेर्कम छुर्पी जस्ता परिकारहरुको व्यापर पनि यहाको अत्यधिक हुने गर्दछ  । चौरी र भेडा च्यांग्रालाई बोकाएर सामान ओसार पासर गर्ने गरिन्छ ।

यहा पाइने अर्को एक मुख्य व्यवसाय जडिबुटी संकलन र वितरण पनि हो  । यार्सागुम्बा, पाँचऔले, जटामसी, पदमचाल, सुगन्धवाल, अतिस, कतुकी, सतुवा, ओखर, भोजपत्र, टिमुर,लौठसल्ला, चिराइतो, धुपी, बोजो, मार्सी, गुच्ची र च्याउ जस्ता जडिबुटीहरुको व्यापार व्यवासाया गर्ने गर्दछन  ।

 

 

 

प्रतिक्रिया दिनुहोस्