स्वेता खड्का ‘कान्छी’लाइ दर्शकको माया : रिलिज अगाबै उठ्यो लगानी



कान्छीको मार्केट डिमान्ड माथि स्टडी गर्दा उनी पूर्ण रुपमा सफल भएको तथ्यहरु फेला पारेको हो । तथ्य अनुसार स्वेताले झण्डै २ दर्जन कम्पनीहरुलाई कान्छीको ब्रान्ड पार्टनर राख्न सफल हुँदै ८० लाख रुपैयाँ त्यताबाट उठाएकी छिन् भने न्यू मिडिया र ओभरसिज राईटसको डिल मार्फत १ करोड २२ लाख रुपैयाँ फिक्स गरिसकेकी छिन् ।

२ करोड लागतमा बनेको कान्छीलाई आकाश अधिकारीले निर्देशन गरेका हुन । आकाशले आफ्नो निर्देशन फिस १५ लाख लिएका छ भने फिल्मका मुख्य हिरो दयाहाङ राईले १० लाख र सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले टि.डि.एस. नकाट्ने सर्तमा नेट ५ लाख रकम बुझेका छन् ।

आउँदो शुक्रबार देखि प्रर्दशनमा आउँने कान्छीको चर्चा फ्यामेली अडियन्स विशेष गरी महिला दर्शकहरुमाँझ ज्यादा छ तसर्थ पनि कान्छीले बक्स अफिसमा महिला दर्शकको साथ ज्यादा पाउँने सम्भावना देखेका छौ हामीले । यो हकमा दयाहाङ राईको पनि आफ्नै क्रेज छ जसमा स्वेताको आफ्नै चर्चा र अभिनयको पुनारगमनले कान्छीको ब्यापारलाई अझ अब्बल नबनाउँला भन्न सकिन्न ।

हाल कान्छीको मोफसल पब्लिसिटी लागि चितवन पुगेकी स्वेता लोकप्रिय अभिनेता तथा उनका पति श्रीकृष्ण श्रेष्ठसंगको वियोगको २ बर्ष पश्चात दर्शक माँझ आउँन लगेकी हुन । उनको बारेमा अन्य केही शब्दहरु लेख्नु पर्दा उनी अभिनेत्री मात्र नभई एउटा स्वाभिमानी सफल बिजनेश वुमन पनि हुन जसकारण उनले विजनेश सेक्टरमा कमाएको पि.आर.लाई फिल्ममा एसोसिएट गराउँन सफल भई कान्छीलाई रिलिज अगावै नाफा कमाउँने फिल्मका रुपमा स्थापित गराएकी छिन् ।

तसर्थ आउँने हप्ता देखि रिलिज हुँने कान्छीले नेपाली बक्स अफिसमा जति पनि ब्यापार गर्छ ती सवै ब्यापारबाँट प्राप्त हुने शेयर नाफाको शेयर हुनेछ । तर अन्त्यमा केही भन्नू पर्दा विभिन्न पि.आर.ले उनको फिल्मको लागत उठिसके पनि घरेलु बक्स अफिसबाट कमाएको सफलताको मज्जा चाँहि बेग्लै हुनेछ । त्यसकारण स्वेताको ईज्जतिलो शान र साख जोगिनका लागि घरेलु बक्स अफिसमा पनि कान्छीको बिजनेश अब्बल हुन चाँहि त्यतिकै जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्