करिश्माको फेसबुक हेर्दा…(फोटो फिचर)



काठमाडौं । नायिका करिश्मा मानन्धरले अर्की नायिका स्वेता खड्कासँगको तस्बिर आफ्नो फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्– ‘स्वेताश्री फाउन्डेसनको संगीत कार्यक्रम सम्पुर्ण “कन्छी” टीमलाई बधाई तथा शुभकामना ।’

सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा माझी वस्तीका लागि बनिरहेका घरका लागि थप सहयोग जुटाउन आयोजित एक कार्यक्रममा यी दुई नायिकाको भेट भएको हो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा जुटेको भेटमा नायिका करिश्माले स्वेतासँग फोटो सुट गरेकी हुन् ।

नायिका करिश्माले कार्यक्रममा सहभागी हुँदाका तस्बिर आफ्नो फेसबुकमा शेयर गरेकी छन् ।

(डिसी नेपाल)

प्रतिक्रिया दिनुहोस्