कफ्सन नेपालमा नयाँ कार्यसमिति निर्वाचित



२८ माघ २०७४

काठमाण्डौ, समुदायमा आधारित वन सहजकर्ता सन्जाल (कफ्सन), नेपालको चौथो रास्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । २०७४ माघ २५-२७ सम्म भएको महाधिवेशनको उद्घाटन पुर्व  सभामुख सुभास  नेम्वाङबाट भएको थियो । महाधिवेशनमा ३८ जिल्ला शाखाबाट २५० जना प्रतिनिधि छानिएर आएका थिए । सम्मेलनले आगामी कार्यकालको लागि नयाँ कार्यसमति निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अप्सरा चापागाईं, वरिष्ट उपाध्यक्ष अजय बिक्रम मानन्धर, महासचिव बिना श्रेष्ठ, उप-महासचिव डिल्ली गिरी, कोषाध्यक्ष छिन्दुम भोटे सहित २५ जना सदस्यहरु रहेका छन् ।

अधिवेशनले संघीय संरचना अनुसार सातै प्रदेशमा प्रदेश संयोजक समेत चयन गरेको जानकारी कफ्सनका महासचिव बिना श्रेष्ठले दिईन।

प्रतिक्रिया दिनुहोस्