हिरोइन बोक्छन् आठ लाखका ब्याग



बलिउड अभिनेत्रीको जीवनशैली निकै महँगो छ । उनीहरू करोडौँका बंगलामा बस्दैनन् मात्र, करोडौँ मूल्यका कार पनि चढ्छन् । त्यहीअनुसार ब्रान्डेड ड्रेसअप र एसेसरिज प्रयोग गर्ने गर्छन् ।

चर्चित अनलाइन दैनिक भास्करले केही चल्तीका हिरोइनका ह्यान्डब्यागको मूल्यबारे रिपोर्ट तयार गरेको छ । त्यहाँ उल्लेख भएअनुसार बलिउड हिरोइनले एकदेखि आठ लाख भारुसम्मका ब्याग बोक्ने गरेका छन् ।

करिना कपुर अभिनय मात्र होइन, आफ्नो बेग्लै फेसन र स्टाइलका कारण पनि चर्चित छिन् । अभिनेता सैफ अली खानकी कान्छी पत्नी करिना सपिङ प्रेमी पनि मानिन्छिन् । उनीसँग चर्चित ब्रान्डका थुप्रै ब्याग छन् । उनी प्रायः च्यानेल, बोट्टेगा, गिभेन्सीका ब्याग बोक्ने गर्दछिन् । उनीसँग हर्मेस बिर्किन इप्सन ब्रान्डको एउटा ह्यान्डब्याग छ, जसको मूल्य सवा आठ लाख भारु रहेको बताइन्छ ।

करिनाझैँ अर्की चर्चित हिरोइन दीपिका पादुकोण पनि निकै महँगा ब्रान्डका सामान प्रयोग गर्ने गर्छिन् । दीपिकासँग पनि हर्मेस बिर्किन इप्सन ब्रान्डको सवा आठ लाख भारु पर्ने ब्याग छ । त्यसका साथै उनीसँग गुस्सी र च्यानेल ब्रान्डका महँगा ब्याग पनि छन् ।

युवा स्टार आलिया भट्ट पनि महँगो ब्याग बोक्छिन् । युवर ब्रान्ड मन पराउने उनीसँग एक लाख भारु पर्ने टोड्स फ्रिंग्ड ब्रान्डको ह्यान्डब्याग छ ।

अनुष्का शर्मा पनि महँगो ब्याग बोक्छिन् । प्रायः फेन्डी मोन्स्टर ब्रान्डका सामान प्रयोग गर्ने उनीसँग टोटेज र एलेक्जेन्डर म्याकक्विनका पनि थुप्रै ब्याग कलेक्सन छन् । उनले बोक्ने गरेको फेन्डीको ब्यागको मूल्य सवा लाख भारु रहेको बताइन्छ ।

सोनम कपुर च्यानेल ब्रान्डको चार लाख भारु पर्ने ब्याग बोक्छिन् भने अर्की हिरोइन प्रियंका चोपडा सवा एक लाखको ब्याग बोक्छिन् । उनीसँग थुप्रै ब्रान्डका एक सयभन्दा बढी ब्याग रहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्