लिङ्गीय अन्तर



साहित्यकार सिता ओझा

 

मैले भेटेको लिङ्गीय अन्तर

जन्म पुर्व नै विभेदको खेतमा

पुरिएर

आतंकित भावमा जन्मिएको

छोरी हुन्छे

आमालाइ निहुर्याएर

आशाको सन्त्रासमा

पुलपुल्याएर

जन्मसत्ताको विरासतमै

भ्रुणबाटै मताएर

जन्माएको

छोरो हुन्छ

देखेको लिङ्गीय अन्तर

कर्म र धर्म मानेका

घरकी छोरी  पछि बुहारी बन्छे

छोरा नपाए त्यहि बुहारी

कुलङ्गार बन्छे

छोरो मर्दाङ्गी देखाउदै

अर्कीबाट छोरा बनाउन

फेरि

महिलामा नै लम्पसार पर्छ

त्यस्ता प्रचलन जोगाउने

समाजमा छोरा हुन्छन

मैले भोगेको लिङ्गीय अन्तर

काम र दामको फुर्तिसँग

पुरूष

अनाहकमा शासन गर्छन

नाता सम्बन्धको चक्र देख्दा

व्यवस्थापनबाट

भाग्ने व्यक्ति

फेरि पनि

पुरूष हुन्छ ।

लिङ्गीय अन्तर

सबैले व्यवहारमा गर्ने गरेको

आहारा देखि ओछ्यान सम्मै

चोख्याउने मान्छे छोरो हुन्छ

कुल,गोत्र र मासिक धर्मबाट

पन्साइने  व्यिक्ति छोरी  बन्छे

त्यहि कारण

यहाँ लिङ्ग विभेद गरिन्छ

 हुने गरेको र गर्ने गरेको

यौनिकता बुझाउन सकिएन भने

मानवीय आवश्यकता

कामवासना आत्मकेन्द्रीत बन्न पुग्छ

व्यक्तिको स्वार्थमा

विकेन्द्रित भावसँग

निहुरिएर हुने

गरिने आशा , विश्वासको भुमँरी

बनाउन माहिर पुरूष हुन्छ

फेरि पनि

अनेक बहानामा

कमजोर ठानेर

यौवनभावनासँग

नहिच्किचाई खेल्ने

त्यो मानव पुरूष हुन्छ

त्यसैले त

महिला माथि नै यौनजन्य

हिंसाहरू हुने गर्छन

दया  र प्रेम

भावमा करूणा  देख्दै

गर्भको भ्रुणलाई पवित्र

प्रेमको रूप ठानेर

हजार अपमान सहेर

मानव जन्माउने

त्यो अपहेलित आमा

आखिर महिला नै हुन्छे

इज्जतको नाम गाँसेर

पटकौं पटक गलहत्याएर

अपमान गरे पनि पद र प्रतिष्ठा पछि

उत्तराधिकी पुरूष

बनाउने र बनाउन आफू सकिएर

रमाउने मानव पनि

त्यो महिला नै हुन्छे

आफ्नो परिचय,पहिचान

स्थान र  मान गुमनाम गराउने

अनि नाता सम्बन्धमा रमाउने

व्यक्ति त्यो आमा,दिदी,बहिनी

छोरी र बुहारी

अनि

फेरि बन्छे आमा ।

तर वंशीय दर्जामा

विजातीय तत्व हुने

त्यो मनिस महिला नै हुन्छे ।

प्रतिक्रिया दिनुहोस्