भुवन अनमोल र अदिती ‘कृ’ प्रदर्शनको लागि जापान जादै



माघ २६ बाट प्रदर्शनमा आएको सिनेमा ‘कृ’का नायक अनमोल केसी जापान जाने भएका छन् । सिनेमा टोकियोमा प्रदर्शनको लागि अनमोल जापान जान लागेका हुन् । जापानको शो को लागि उनीसँगै नायिका अदिति बुढाथोकी र निर्माता भुवन केसी पनि सहभागी हुनेछन् ।

ऊँ शान्ति ईन्टरटेन्ट्मेन्टले जापानको टोकियो सहितको अन्य १० सहरमा प्रदर्शन गर्न लागेका हुन् । सिनेमाको शो मा दर्शकको रोजाई अनुसार तीन कलाकारहरुलाई अतिथी बनाउन लागिएको ईश्वर श्रेष्ठ र सुवास लामिछानेले बताएका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमामा सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्