
प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका Commanding General Robert B. Brown ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।
यसअघि, उहाँले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । साथै, जंगी अड्डाभित्र उहाँलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो ।
नेपालको ४ (चार) दिने औपचारिक भ्रमणको सिलसिलामा मिति २०७४ माघ २५ गते काठमाडौं आई पुग्नु भएका General Robert B. Brown लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी श्री ईश्वर हमालले स्वागत गर्नु भएको थियो । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७४/१०/२८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।