प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल  विजयी



काठमाडौं, ३६ माघ

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल  विजयी भएका छन् । सहमतिमा चयन हुन नसकेपछि अन्तत: अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलबीच चुनावी प्रतिष्पर्धा भएको थियो ।

आज  दिउँसो १२ बजेबाट भएको चुनावका लागि एमाले अध्यक्ष केपी ओलीको पक्षबाट पौडेल र वरिष्ठ नेता माधव नेपालको पक्षबाट शाक्यले उम्मेदवारी दर्ता गराएका थिइन् । यसअघि संसदीय दलको नेताका प्रमुख आकांक्षी रुपमा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरी शाक्यलाई नै सघाएका थिए । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भएको चुनावमा जम्मा ५८ मतमध्ये विजयी पौडेलले  ३४ र शाक्यले २४ मत प्रप्त गरेका थिए ।

यसअघि डोरमणी पौडेल प्रदेशसभाको सभामुख बन्ने चर्चा चले पनि ओली पक्षधर प्रदेशसभा सदस्यहरुको स्थिति बलियो देखिएसँगै उनी संसदीय दलको नेताका लागि प्रतिष्पर्धामा उत्रिएका थिए। निर्वाचित भएपछि पौडेल प्रदेश ३ को मुख्यमन्त्री हुने लगभग पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्