प्रदेश ६ को कांग्रेस संसदीय दलको नेतामा जीवन शाही सर्बसम्मतमा चयन



काठमाडौं, २६ माघ

नेपाली कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशको स्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा सर्बसम्मत चयन गरेको हो ।

पूर्व पर्यटनमन्त्री शाही हुम्ला ख बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी कांग्रेसको प्रदेश ६ बाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन् ।

प्रदेश ६ मा माअोवादीको नेतृत्वमा प्रदेश सरकार बन्ने भएको हुँदा संसदीय दलको नेता चुनियसँगै शाही प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहने निश्चित भएको छ । कांग्रेसका प्रदेश ६ मा शाहीसहित ६ जना प्रदेश सांसद रहेका छन् ।

यो प्रदेशमा एमालेको २०, माअोवादीको १३ र राप्रपाले एक सिट छ

प्रतिक्रिया दिनुहोस्