एमाले प्रदेश १ बाट संसदीय दलको नेतामा शेरधन राई निर्वाचित



बिराटनगर, २६ माघ

एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सचिव भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईले मनोनयन दर्ता गराएका थिए ।

प्रदेश १ मा एमालेको जम्मा ५१ मतमध्ये विजयी राईले २६ र आचार्यले २४ मत प्रप्त गरेका थिए । मतदानमा १ मत बदर भएको थियो। एमाले संसदीय दलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि ११ ३० बजे सम्म मनोनय दर्ताको समय राखेको थियो।

संसदीय दलको नेताका लागि दिउँसो २ बजेबाट मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्