नृत्यमा तेरिया मगर जस्तै चर्चित बन्न चाहन्छु : सपना पोखरेल (भिडियो सहित)



काठमाडौं, २६ माघ

फिक्कल गाउँपालिका -३ सिन्धुलीका खगेन्द्र पोखरेल र यशोदा पोखरेलको पाँच सन्तान मध्ये कान्छी सन्तानको रुपमा सपना पोखरेलको जन्मिएकी हुन् । मिलनसार र चन्चले स्वाभावकी सपना कपन मिलनचोकमा बस्छिन । ५ :२ इन्च  अग्ली तथा  ४० केजी तौल भएकी उनी नृत्यबाट आफ्नो भविष्य  खोजिरहेकी छिन् ।

बालउद्दार मा.वि.मा ११ कक्षामा पढ्ने सपना एउटा राम्रो कलाकार बन्न चाहन्छिन । धेरै पटक नृत्य गरेर प्रथम  उपाधिहरु चुमिसकेकी उनले क्याम्पस, स्कुलहरुमा हुने नृत्य प्रतियोगितामा कहिल्यै दोस्रो बनेर फर्किनु परेको  छैन ।

म:म र लाफिङ्गको सोखिन उनी कमल खत्री र मेलिना राईको गीत बढी सुन्ने गर्छिन । जाँउला रेलैमा भन्ने गीत बढी मन पर्ने बताउने सपना प्रदिप खड्का र आँचल शर्माबाट बढी प्रभावित छिन् ।

आफुलाई रिस उठ्दा ऐनामा हेरेर पानी पिउने अनि रिस शान्त गर्ने उनी एकान्त वातावरणमा आफुलाई हराउन बढी चाहन्छिन् र त्यसैबाट आफुलाई आनन्द आउने प्रतिक्रिया दिन्छिन्।

कल्चरल गीतमा नृत्य गर्न रुचाउने सपना भविष्यमा तेरिया मगर जस्तै नृत्यमा चर्चित बन्ने लक्ष्य राख्छिन । नृत्यमा परिवारको पनि राम्रो सपोर्ट पाइरहेकी छिन् । बाबाममीले कराउदा रुइदिने पनि उनको बानी रहेको छ ।

प्रेम के हो भन्ने बारे अझै थाहा नभएको बताउने उनी ऐले सम्म कुनै स्पेसल केटा साथी नबनाएको र अझै केहि वर्ष नबनाउने बिचारमा छिन्  । आफ्नो भबिस्यको जीवन साथी प्रदिप खड्का जस्तै होस् भन्ने सोच्ने उनी प्रदिप खड्का आफै आएर प्रेम प्रस्ताब राखे केहि बर्ष पछि मात्र प्रेमको बारेमा सोच्ने आफ्नो सोचलाई तत्कालै हटाउन सक्ने समेत जनाउछिन् ।

अवसर पाए म्युजिक भिडियोहरुमा उत्कृष्ट मोडलिङ गर्ने समेत इच्छा राख्छिन । नेपाल गोल्डेन आइडल सिजन ५ अन्तर्गत नृत्य विधाकी प्रतिस्पर्धी सपना पोखरेल टप ३५ को  अडिसन सकेर बसिरहेकी छिन् । टप ३५ को अडिसन सकिए संगै यतिखेर टप १० मा पुग्नको लागि भोटिंग खुल्ला भैसकेको छ । सपनालाई टप १० मा देख्न चहानेहरुले आफ्नो मोबाईलको म्यासेजमा गएर  NGI sp60 लेखेर 33001 मा पठाउन समेत सक्नु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्