ढकाल र परियार बीच भब्य अन्तर्जातिय विवाह



काठमाडौं, २६ माघ

समाजमा अन्तर्जातिय विवाह तथा प्रेमलाई अस्विकार गरिँदै आएको छ । अन्तर्जातिय प्रेम तथा विवाह गर्ने कयौँ जोडीहरुलाई परिवार तथा समाजले बहिस्कार गरेको जातिय विभेद गर्ने गरेको घटनासमेत नसुनिएको होइन । तर, राजधानीमै हिन्दुधार्मिक परम्परा अनुसार अन्तर्जातिय विवाह सम्पन्न भएको छ ।

चन्द्रागिरी २ बाडभञ्ज्याङकी रोजिना परियारलाई चन्द्रागिरी नगरपालीका वडा नम्बर ३ का खेमराज ढकालले प्रेम–मागी विवाह गरेका हुन् ।
बुधबार थानकोटस्थित त्रिभूवन पार्कमा हिन्दुधार्मिक परम्परा अनुसार दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको हो । ढकाल र परियारबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

विवाह समारोहमा दुवै तर्फका परिवारका सबै सदस्य र आफन्तहरु सहभागी थिए । (स्रोत : दियोपोष्ट)

प्रतिक्रिया दिनुहोस्