सलमानले पाए केटी, धेरैको होस उड्यो



मुम्बई –५२ वर्षीय सलमान खानले केटी पाएका छन् । उनले एक ट्वीट गर्दै आफ्ना लागि केटी मिलेको सार्वजनिक गरेका हुन् । मंगलबार सलमानले सार्वजनिक गरेको यो ट्वीटले धेरैको होस उडाएको छ ।

सलमानको ट्वीटले धेरैको मनमा खुल्दुली समेत पैदा गर्यो । आखिर सलमानले पाएको केटी को ? सबैको खुल्दुली मेटाउदै सलमानले फेरी दोस्रो ट्वीट गरे । जसमा उनले आफुले पाएको केटीको डिटेल समेत सार्वजनिक गरेका छन् ।

सलमानले दोस्रो ट्वीटमा केटीको नाम समेत सार्वजनिक गर्दै लेखेका छन् ‘चिन्ता गर्ने कुनै कुरो छैन । आयुष शर्माको चलचित्र ‘लवरात्री’का लागि केटी मिलेको छ । ति हुन् वरीना ।

आयुष शर्मा सलमानकी सानी बैनी अर्पिता खानका श्रीमान् हुन् । सलमान उनलाई अभिनेताको रुपमा चलचित्र क्षेत्रमा प्रस्तुत गर्दैछन् । यो उनको प्रोडक्सनको छैटो चलचित्र हो ।
सलमानले यस अगाडि ‘डां कैबी’, ‘बजरगी भाइजान’, ‘हीरो’ र ‘ट्ुबलाइट’ निर्माण गरेका छन् । उनको पाँचौ चलचित्र ‘रेस ३’को अहिले सुटिङ भइरहेको छ ।

को हुन् वरीना ?
वरीनाको पुरा नाम वरीना हुसैन हो । उनले न्युयोर्क फिल्म एकेडेमीबाट अध्यायन पुरा गरेकी छन् । उनी क्याडवरी सिक्लको बिज्ञापनमा समेत देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्