उधमशील बनाउँन २ दिने ‘स्टार्ट अप’ मेला हुँदै



२५ माघ २०७४

काठमाण्डौ, २१ औं शताब्दी प्रतिस्पर्धाको शताब्दी हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा छ, यसैले व्यवसाय गर्ने र स्वरोजगार बन्ने तिव्र चाहना हुँदा हुँदै पनि उपयुक्त ज्ञान, सीप, क्षमता र सुचनाको अभावले गर्दा युवाहरुको दैनिकी कठिन बन्दै गएको छ ।

युवाहरुलाई उधमशीलताको विकास गरी स्वरोजगार बनाउनुपर्छ भन्ने भावनाले आभा ग्रुपको आयोजनामा विभिन्न देशका युवाहरु संलग्न २ दिने ‘स्टार्ट अप’ मेला काठमाडौंको होटल प्लाटिनियमा १६-१७  फेब्रुअरी २०१८ मा सञ्चालन हुन लागिरहेको छ । स्टार्ट अप भन्ने शव्दले नै शुरुवात भन्ने बुझिन्छ, युवाहरुलाई व्यवसाय सुरु गर्नुपूर्व त्यस सम्वन्धमा पर्याप्त  ज्ञान दिलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी आभा ग्रुपका कन्ट्री प्रोग्राम म्यानेजर थानेश्वर गौतमले दिएका छन् ।

कार्यक्रम नयाँ व्यवसायको खोजिमा रहेका युवाहरुलाई व्यवसाय कसरी छनोट गर्ने,व्यवसाय सम्वन्धि जानकारी कसरी लिने  र लगानी कसरी जुटाउने भन्ने विषयमा केन्द्रित हुने जनाईएको छ ।

मेलामा सहभागी हुन १० फेब्रुअरी २०१८ सम्ममा अनलाईन फर्म भरेर पठाउन सकिने आयोजकले बताएका छन् । सहभागीका लागि डिनर सहित १५०० दस्तुर तोकिएको छ भने लगानीकर्ताका लागि स्पेशल डिनर सहित ५००० दस्तुर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्