राष्ट्रियसभा सदस्य बने वडा सदस्यमा पराजित विश्वकर्मा



काठमाडौं, २५ माघ

राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा गत बैशाखमा भएकाे स्थानीय तहकाे निर्वाचनमा वडा सदस्यमा पराजित भएका सिंहबहादुर विश्वकर्मा विजयी भएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र हालको सल्लाहकार समितिका सदस्य समेत रहेका विक वाम गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

विकले ६ हजार ८ सय ५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशरण नेपालीले २ हजार ५ सय ३८ मात्रै मत ल्याएका थिए ।

लिसंखुपाखर गाउँपालिका-७ का विक स्थानीय तहकाे निर्वाचनमा वडा नम्बर ७ बाट वडा सदस्यमा पराजित भएका थिए ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए सँगै बिकले खुशी ब्यक्त गर्दै विकले भने ‘पार्टीमा लामो समय सक्रिय रहेँ, आज पार्टीले यो भूमिका दिएको छ, ‘पार्टीको लागि गरेको योगदान खेर गएन, अब जिम्मेवारी पुरा गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्