साढे चौध किलोको एउटै काउली



म्याग्दी, २५ माघ
म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् ।

साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए ।

कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएला छन् । उहाँले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ । उनले मेहनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश प्रवाह गराउन सफल भएको वडा अध्यक्ष रिम कटुवालले बताए । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्