‘डमरुको डण्डीबियो’को पहिलो पोष्टरमा सार्वजनिक



चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ सिनेमा ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । प्रदर्शन मिति घोषणा नगरिएको सिनेमाको पोष्टरमा खगेन्द्रलाई डण्डीबियो खेल्दै गरेको अवस्थामा चित्रण गरिएको छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई सिनेमामा उतारिएको छ ।

सिनेमामा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको सिनेमाको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो । छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको सिनेमालाई हरी हुमागाइँले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्