साम्राज्ञीले फेसबुकमा दिइन स्पष्टीकरण



साम्राज्ञीलाई केहि दिन अघि फिल्ममा गाउँले भूमिका गर्न प्रस्ताव गरिएको थियो । साम्राज्ञीले गाउँले भूमिका मन नपर्ने भन्दै अस्विकार गरेको कुरा बाहिर आएको हो । फिल्म निर्माता तथा निर्देशकलाई आफुलाई गाउँले मन नपर्ने र गाउँले भूमिका पनि नगर्ने बताएको खबर मिडियामा आएका छन् । हालै साम्राज्ञीले त्यो कुरा गलत भएको भन्दै फेसबुकमा स्टाटसबाट स्पष्टिकरण दिएकी छिन् । समय अभावको कारण उक्त प्रोजेक्ट गर्न नसकेको बताएकी छिन् ।

उनले फेसबुकमा यसरी लेखेकी छिन्ः

“मेरा आदरणीय दर्शक महानुभाव हरु तथा हाम्रो फिल्म क्षेत्रका सम्पूर्ण अग्रज एबं समकालीन साथि हरुमा म साम्राज्ञीको तर्फबाट नमस्कार ।
केहि दिन देखि म फिल्म शुटिंगको शिलसिलामा देश बाहिर रहेको अवस्थामा नेपालमा मैले बोल्दै नबोलेको र मैले अहिले सम्म सोच्दै नसोचेको कुरालाइ समाचार बनाएर सम्प्रेषण गरिएको र उक्त समाचार सामाजीक संजालमा निकै भाइरल भईरहेको कारण मलाइ अनावस्यक तनाव भईरहेको छ । साम्राज्ञी लाइ “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत संदेश दिन पुगेको कारण मेरा दर्शक हरुको मनमा पक्कै पनि चोट पुगेको छ त्यो कुरा म बुझ्दछु तर म भर्खर नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार हुँ, मलाई सबै किसिमका क्यारेक्टर र भूमिका हरु उत्तिकै प्यारा लाग्छन र ति भूमिका हरु निर्वाह गर्न पाए मैले केहि नया कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ । त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषा लाइ उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केहि कामको चाप अनि समयको अभाव र कार्य व्यस्तता को कारण मैले आफुलाई आएका केहि अफर हरुमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजि मामला थियो, स्क्रिप्ट मन परेको थियो काम गर्ने टीम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन । मैले मलाइ दिईएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलाइ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन र कुनै वार्तालाप कुनै मिटिंग या कुनै समारोह मा मैले “मलाइ गाउले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेश लाइ उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किशिमका जीवन शैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु १ सबै भन्दा दुखको कुरा चर्चित न्युज पोर्टलमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार मित्र हरुले यस बिषयमा मेरो बिचार जान्ने या सत्यता प्रमाणित गरेर मात्र समाचार छाप्ने आफ्नो साधारण जिम्मेवारी सम्म पुरा गर्दिनु भएन त्यसमा मलाइ अत्यन्तै दुख लागेको छ । म मेरा सम्पूर्ण दर्शक वृन्द एबं शुभचिन्तक हरुमा यो आग्रह गर्न चाहन्छु कि ‘गाउले मन पर्दैन’ भन्ने मेरो अभिव्यक्ति मैले दिएको होइन कसले आफ्नो व्यक्तिगत फाइदाको लागि यो सिर्शक को प्रयोग सुरु गर्यो या कसले कुन प्रमाणको आधारमा त्यो समाचार छाप्यो त्यो उनीहरु नै जानुन –मेरा शुभचिन्तक हरु भ्रम मा पर्नुहुने छैन र मलाइ निरन्तर उत्तिकै माया गरिरहनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

“साम्राज्ञी”

प्रतिक्रिया दिनुहोस्