रसुवागढी र साञ्जेनको आइपीओ कहिलेसम्म कायम सञ्चयकर्ताले भर्न पाउँछन् सेयर ?



काठमाडौं, २३ माघ

साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले फागुन ११ गते एकै दिन आइपीओ निष्कासन गर्ने भएका छन् । फागुन ११ गते यी दुई आयोजनाको २ अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुन लागेको हो । साञ्जेन जलविद्युत आयोजनाले ८७ करोड ६० लाख रुपैयाँको सेयर निष्कासन गर्नेछ भने रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको आइपीओ जारी गर्नेछ । साञ्जेन जलविद्युत आयोजनाको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । यस्तै, रसुवागढीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस्तै, रसुवागढीको सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, सिद्धार्थ क्यापिटल र एसनआइबीएल क्यापिटल रहेका छन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारी तथा ऋण प्रदायक कम्पनीका कर्मचारीले आवेदन दिन सक्नेछन् ।

रसुवागढी जलविद्युत आयोजनाको सेयरका लागि २०६८ साल मंसिर २० गतेसम्म बहाल रहेका र २०७४ पुस २१ सम्म विवरणपत्र स्वीकृत (सञ्चयकर्ताको बचत सुरु भएको मिति) भएका कर्मचारीले आवेदन दिन पाउने सिद्वार्थ क्यापिटल लिमिटेडले जनाएको छ । यता, साञ्जेनमा भने २०६८ कात्तिक २८ गते सम्मका सञ्चयकर्ताले सेयर पाउनेछन् । तर यदि कसैले २०६८ कात्तिक २९ गते खाता बन्द गरेको छ भने उसले सेयर भर्न पाउने छैन । तर पुराना सञ्चयकर्ता जसले २०६८ कात्तिक २८ गतेसम्म खाता नै बन्द गरेको भए पनि सेयर भर्न पाउनेछन् । यता, नयाँ सञ्चयकर्ताको हकमा भने २०७४ कात्तिक २४ सम्मका सञ्चयकर्ताले सेयर भर्न पाउनेछन् । तर २०७४ कात्तिक २५ गतेदेखि कर्मचारी सञ्चय कोषमा खाता खोलेर पैसा जम्मा गर्न थालेका सञ्चयकर्ताले सेयर भर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्