नेपाल टेलिकमको वार्षिक आम्दानीमा वृद्धि



काठमाडौँ,२३ माघ
सरकारी स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।

कम्पनीले आव २०७३/०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२/०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिएको थियो ।

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३/०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३/०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ ।

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३/०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ । यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

टेलिकमले आव २०७३/०७४ मा रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्