नागिनलाइ लिएर सलमान ” दबङ ३” बनाउने तयारीमा



काठमाडौं, २३ माघ

अभिनेता सलमान खान बलिउडमा नयाँ अनुहारका अभिनेत्री भित्र्याउन माहिर छन् । उनले भित्र्याएका केही अभिनेत्रीहरु सफल पनि छन् । करिअर खतम भएका केही कलाकारहरु पनि सलमान कै साथले गर्दा माथी आएका छन्।

सलमान अहिले कुनै एक टेलिभिजनकी चर्चित अभिनेत्रीलाई अगाडी बढाउन साथ दिइरहेका छन् । कलर्स च्यानलबाट प्रसारण हुने चर्चित सिरियल “नागिन” की नागिन मौनी रोयलाइ सलमानले साथ दिएका छन्।

उनको हिट सो ” बिग बोस” मा पनि मौनि धेरै पटक देखिएकी थिइन्।

अब मौनिलाइ लिएर सलमान ” दबङ ३” बनाउने तयारीमा छन्। यो फिल्मकालागि मौनीको नाम अगाडी सारिएको छ। अभिनेता अक्षय कुमार अभिनित फिल्म “गोल्ड” मा पनि सलमानले नै मौनीको नाम सिफारिस गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्