सामाजिक संजालमा ओली बिरुद्धको भ्रामक समाचार भाइरल, के हो रहस्य ?



काठमाडौं, २२ माघ

सामाजिक संजालले पछिल्लो समय व्यापकता पाइरहेको छ। वर्तमान सन्दर्भमा बेला बेला सामाजिक संजालमा अनेक समाचारहरु भाइरल हुने गर्छन । समसामयिक बिषयमा अनेक फण्डाहरु तयार गरी कसैको सामाजिक जीवन र सम्मान माथी तिखो प्रहार भैरहेको हुन्छ ।

यस्तो प्रहार र व्यंग्यको शिकार प्रतिष्ठित ब्याक्ति र बिशेष गरी राजनैतिक नेतृत्व भएको देख्न सकिन्छ । समसामयिक विषयका प्रहारले बुझ वा अबुझ मा कतिपय ब्याक्तिले त्यसलाई सामाजिक संजालमा मसला बनाउदै भाइरल बनाउन मद्दत गरेका हुन्छन ।

यस्तै नवभारत टाइम्सको हवाला दिदै केपी ओलीले भारतलाई हात जोडेर प्रधानमन्त्री बन्ने इच्छा देखाए शिर्षकको समाचार भाइरल भएको छ भर्खरै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण भएको सन्दर्भमा बनाइएको छ।

कपोकल्पित र भ्रामक समाचारले आज दिन भरी सामाजिक संजाल तात्यो तर यो समाचारको सत्यता कहिँ कतै पुष्टि हुन सकेको छैन । ओलीको लोकप्रियता देखि आत्तिएका केहि विरोधीले ओलीको प्रतिष्ठा गिराउन भ्रामक खेति गरेकोमा दुईमत छैन। ओलीको भाषामा भन्दै अझै अगाडी लेखिएको छ यदि म प्रधानमन्त्री भए नेपालका नदि नाला भारतको पास गर्छु ।

सामाजिक संजालको दुरुपयोग गर्दै कपोकल्पित यस्ता भ्रामक समाचार बनाई अरुको बदनाम गर्ने ब्याक्ति माथी राज्यले कानुनी कारबाहीको दायरामा ल्याई कारबाही गर्न जरुरी देखिन्छ नत्र यस्ता कपोकल्पित र भ्रामक समाचारले प्रतिष्ठित ब्याक्तिहरुको सामाजिक प्रतिष्ठामा यसरी नै प्रहार भैरहने छ ।

यस्तो छ भ्रमको खेती

 

प्रतिक्रिया दिनुहोस्