१३०फुट अग्लो पहाडको टाकुरामा २५ वर्ष देखि एक्लै बस्ने साधु(तस्बिर सहित)



जब व्यक्तिको मनमा संसारबाट दुर जाने इच्छा  हुन्छ तब संन्यासी जीवन जिउनका निमित्त गुफा वा  कन्दरामा आपनो घर निर्माण गर्ने गर्दछ । जर्जियाका एक साधुले संन्यासी जीवन बिताउनका लागि १३० फुट अग्लो पहाडको टाकुरामा आपनो घर बनाए जसमा उनि एक्लै बस्ने गर्दछन ।

मेक्जिम नाम गरेका ती साधु क्रिश्चियन मोंक हुन् । पछिल्लो २५ वर्ष देखि उक्त टाकुरामा एक्लै बस्ने ति साधुले उक्त पिलरको  नाम ‘कात्स्खी पिलर’ राखेका छन् । हप्तामा दुइ पटक मात्र जमिनमा उत्रने उनले उक्त  पहाडको टाकुरामा चढ्नका लागि १३१ फुटको भर्याङ बनाएका छन् ।  मेक्जिमलाई उक्त पहाडको टाकुराबाट जमिनमा उत्रन झन्डै २० मिनेट लाग्ने गर्दछ ।

मेक्जिम युवा अवस्थामा ड्रग्स  सेवनका कारण जेल गएका थिए । जेलबाट छुटेपछि उनले पहाडको टाकुरामा आपनो घर बनाए र  संन्यासी जीवन जिउन थाले  ।- एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्