माओवादी जनयुद्धका बेलामा लुकाएर राखिएका प्रचण्डका तस्विरहरु (फोटो फिचर)



कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । प्रचण्डले अब केपी ओली संग मिलेर देश कसरि अगाडी बढाउँछन् त्यो भने हेर्न बाँकी छ !

तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार गरिएको ।

२०५१ सालमा एकता केन्द्रका महामन्त्रीको रुपमा प्रचण्ड ।
रोलपाको दार्वोटमा छापामारहरुलाई प्रशिक्षणपछि ।
२०५३ मा रुकुममा गठन गरिएको छापामार स्क्वाडका साथ ।
माओवालीले सार्वजनिक गरेको पहिलो स्केच फोटो
२०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल । त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए ।
रोल्पाको कुरेलीमा दाहाल ।
२०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई र टोली ।
सैन्य प्रशिक्षणमा महिला लडाकुहरु ।
सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु ।
जनयुद्धका धेरै समय भारतमा बसेका प्रचण्ड २०६१ सालमा फर्कंदै ।
२०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा ।
२०६१ सालमा भारतबाट फर्कने क्रममा कपिलबस्तुमा ।
२०६१ सालमा रोल्पाको थवाङमा ।
२०६२ मा डा बाबुराम भट्टराईलाई कारवाही गर्ने बैठकमा जाने क्रममा ।
२०६३ मा माअाेवादीले काठमाडाैंमा गरेकाे पहिलाे अामसभा ।
२०६३ भदौमा काभ्रेको कामीडाँडामा ।
२०६३ मंसिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल ।

प्रतिक्रिया दिनुहोस्