‘नाका’ ट्रेलर सार्वजनिक



अभिनेता विपिन कार्की नेपाली फिल्म क्षेत्रमा निकै चर्चित नायक हुन् । फिल्म ‘नाका’को ट्रेलर रिलिज भएको छ । आउँदो होलीलाई रिलिज टार्गेट गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा भस्मे डन उर्फ विपिन कार्की हालसम्मकै भिन्न गेटअपमा प्रस्तुत छन् । फिल्मले मल्टिप्लेक्समा दर्शक तान्नसक्छ ।

अमित श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा विपिनको पुनः डन अबतार प्रस्तुत छ तर यसअघिका सबै अबतार भन्दा भिन्न रुपमा । ट्रेलरमा विपिनसँगै लिड कलाकार रोविन तामाङ, थिन्ले ल्हामो, शिव मुखिया मुख्यतः फिचर छन् । प्रकाश गन्दर्व, सुजन थापा मगर, रामभजन कामात, अभिषेक सुवेदी र केशव राई पनि फिल्मका लिड कलाकार हुन् ।

प्रतिक्रिया दिनुहोस्