ऋतिक रोशन र टाइगर श्राफ अब एकसाथ पर्दामा



सिद्धार्थ आनन्दले बनाउन लागेको फिल्ममा बलिउडका एक्सन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ देखिने भएका छन। अगस्टबाट छायङ्कन शुरु हुने फिल्मको नाम भने खुलाइएको छैन। फिल्मको छायांकन सन् २०१९ को फेब्रुअरीको गान्धी जयन्तीको दिनमा सकिने निर्माण पक्षले बताएको छ । फिल्ममा ऋतिक रोशनलाई टाइगर श्राफको पिताको रुपमा देख्न सकिने छ। टाइगर र आनन्दले हालै मात्र ‘सिल्भर स्टालोन’को हलिउड फिल्म ‘रेम्बो’मा एकसाथ काम गरेका छन् । सन् २०१९ को अक्टोबरमा फिल्म रिलिज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्