सोलुखुम्बु तिङ्लामा प्राइम बैंक



काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले सोलुखुम्बुको रमितेबजार, तिङ्लामा शाखा खोलेको छ । अब प्राइमको शाखा संख्या ५५ पुगेको बैंकले जनाएको छ ।

बीच दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बुु र बैंकका सञ्चालक गजेन्द्र बिष्टले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा उद्घाटन भएको विज्ञप्तिमा उल्लेख छ ।साथै, बैंकले निक्षेप कर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्