नेपाली सेना भूपू सैनिक सम्मेलन भरतपुरमा सम्पन्न



 

भरतपुर, २१ माघ

हिजो मिति २०७४ माघ २० गतेबाट मध्य पृतना हे.क्वा. अन्तर्गतको चितवन र मकवानपुर जिल्लाका भूपू  सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको लागि चितवन जिल्लाको  भरतपुर व्यारेकमा सञ्चालन भएको नेपाली सेना भुतपुर्ब सैनिक सम्मेलन–२०७४ एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आज मिति २०७४ माघ २१ गते सम्पन्न भएको छ । 

 

प्रधानसेनापति श्री क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दु:ख बाँड्ने, अपनत्वको भावना जागृत गराउने, चासोका कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपुर्ब सैनिकहरुले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हेतुले यस प्रकारको भूपू सैनिक सम्मेलनहरुको आयोजना गरिएको बताउनु  भयो।

उहाँले भूपू तथा बहालवाला, सबै एकै परिवारका सदस्यहरु भएको र नेपाली सेनाको संस्थागत मुल्य र मान्यतालाई जीवन्त राख्न भूपू सैनिकहरुले खेलेको गहन भुमिकाको प्रशंसा गर्नु भयो  । सम्बोधन कै क्रममा उहाँले भूपू सैनिकहरुको आर्थिक समुन्नति, प्रगति र उचित व्यवस्थापन ह’न’ भनेको नेपाली सेनाको आधार स्तभ्म बलियो हुनु हो भन्ने कुरा बताउनु हुँदै नेपाली सेनाको कल्याणकारी कार्यक्रम भूपू .  सैनिकहरुको सर्वोपरी हित हुने तर्फ केन्द्रित गरिएकोले हालका वर्षहरुमा कल्याणकारी कार्यक्रमहरुको बढ्दो पहुँच र सुविधा प्राप्त भएको विश्वास समेत व्यक्त गर्नु भयो  ।

सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरु समेत गरी कोषका हिताधिकारीहरुको संख्या करिब ८ लाख पुगेको उल्लेख गर्नुहुँदै ‘सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समिति’ को मातहतमा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहने गरी नेपाली सेनाका बहालवाला र अवकास प्राप्त सैनिक तथा सम्बन्धित विषयका विज्ञहरु सम्मिलित ‘नेपाली सेना कल्याणकारी बोर्ड’ ले सैनिक ऐनको परिधिमा रही स्वास्थ्य, शिक्षा, स्वःरोजगार र पुनः रोजगार कार्यक्रमहरुमा हिताधिकारीहरुको पहँ’च अभिवृद्धि गर्न विशेष पहल गरीरहेको र दुरगामी तथा प्रत्यक्ष असर गर्ने आधारभूत कल्याणकारी कार्यको विस्तार र व्यवस्थापनमा आ–आफ्नो क्षेत्रबाट बोर्डलाई पुर्णरुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु’ भयो  ।

सम्बोधन कै क्रममा प्रधानसेनापति श्री क्षत्रीले ‘सैनिक कल्याणकारी कोष’ स्थापना भए पश्चात नेपाली सेनामा संस्थागत रुपमा कल्याणकारी कार्यक्रमहरुको थालनी भएको र २०७४ साल पौष मसान्तसम्म उक्त कोषको यथार्थ मौज्दात रु  ४२ अर्ब ३ करोड ३८ लाख ६० हजार पुगेको जानकारी गराउनु हुँदै, सैनिक ऐन २०६३ ले गरेको व्यवस्था अनुसार मुल पूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त हुने प्रतिफल नै कोषको हिताधिकारीहरुको हितको लागि संचालित कल्याणकारी कार्यहरुको प्रमुख आधारशीला भएको समेत बताउनु भएको थियो  ।

समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले बहालवाला सैनिकका परिवार, भूपू सैनिक र तिनमा आश्रित परिवारहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न विश्वका विभिन्न मुलुकहरुमा सफल भएको लघुवित्त कार्यक्रम, नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंक बीचको समझदारी एवं सहकार्यमा संचालनमा आएको र सो कार्यक्रमको लोकप्रियता बढ्दो भएकोले आगामी दिनहरुमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर रहेका भूपू .  सैनिक तथा परिवारजनहरुले सफल उद्यमी बनेर समाजमा नमुना बनि स्थापित हुने विश्वास समेत व्यक्त गर्नु भयो  ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भुतपुर्ब सैनिकहरुको तर्फबाट रथी श्री बालानन्द शर्मा (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्न’ भएको थियो  ।  त्यसैगरी वलाधिकृत रथी श्री पुर्णचन्द्र थापाले समापन मन्तव्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो . कार्यक्रम पश्चात प्रधान सेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनु भएकाहरुसँग सामुहिक छलफल तथा अन्तक्रिया समेत गर्नु भएको थियो  ।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पृतना अन्र्तगतको चितवन र मकवानप’र जिल्लाका करिव ३७२३ जना भुतपुर्ब सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो  ।  त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७४ माघ १८ गतेबाट २० गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भुतपुर्ब वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव १५९५ जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो  ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघ’ वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोकृष्ट व्यवसायीहरुलाई प्रसंशा पत्र एवम् प’रस्कार वितरण भएको थियो भने अशक्त भुतपुर्ब सैनिक, वहाँहरुका अशक्त परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित २ जिल्ला भित्रका ज्येष्ठ भुतपुर्ब सैनिक र निवृत्तिभरणमा रहेका भुतपुर्ब सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो  ।

सम्मेलनकै क्रममा मध्य पृतना हे.क्वा. अन्तर्गतका युनिटले स्थान बिशेषको झाँकी, खुकुरी, नृत्य, मास पि.टी. तथा सैनिक कला प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो  । साथै भुतपूर्व सैनिकहरुबाट मार्चपास्ट तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो  ।

उक्त सम्मेलनमा नेपाली सेनाका रथिवृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय, सङ्घ संस्थाका पदाधिकारीहरु सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्