शताब्दी पहिले कस्तो थियो नेपाल ? (फोटो फिचर)



“काठमाण्डौ” नेपालको सबैभन्दा ठूलो सहर अनि नेपालको राजधानी । यो सहरलाई मध्यकालमा कान्तिपुर पनि भनिन्थ्यो । मालीगाउँमा भेटिएको इसं १८५ को मूर्ति नै सबैभन्दा प्राचीनतम् तीतिसहितको अवशेष मानिन्छ काठमाडौंको ।

विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववली प्राप्त गर्न सकिने काठमाडौंको प्राचीन इतिहास तथ्यपरकभन्दा पनि भावनात्मक पाइने भएकाले ठोस प्रमाणकै रुपमा लिन सकिँदैन । यद्यपि, यस्ता ग्रन्थबाट पुरानो परम्परा अनि अवस्थितिबारे भने जानकारी पाउन सकिन्छ ।

स्वयम्भु पुराणअनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा पोखरी थियो । यो पोखरीको नाम नागदह थियो । यो दहको अनौठो शक्ति अनुभूत गरेर मन्जुश्रीले यो दह भएको ठाउमा मानव बस्ती बसाल्ने निधो गरे ।

त्यसपछि चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए । चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापनापछि धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफू चीनतर्फ नै लागे ।

पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवी आदि वंशअन्तर्गतका विभिन्न राजाले लामो समयसम्म शासन गरेको इतिहास पाइन्छ । राणाकालीन अनि शाहवंशी राजाले शासन गर्दाताका विभिन्न तस्बिर हामीले यहाँ राखेका छौं । यी तस्बिर हामीले इन्टरनेटबाट खोजी गरेर संकलन गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्